المدة الزمنية 11:56

राजनीतिज्ञ माथि प्रश्न किन गर्ने

بواسطة Tanneri Chaso
107 مشاهدة
0
3
تم نشره في 2021/06/27

#TanneriChaso व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देश र जनताका लागि केहि गर्छु भन्ने हेतुका साथ मानिसहरु राजनीतिमा लाग्छन । नेपालमा पनि राजनीतिमा प्रवेश गर्ने समयमा सामान्य र आर्दशवान जीवनबाट नै सुरु गरेको देखिन्छ । तर जव उनिहरु राजनीतिमा आफुलाई स्थापीत गर्छन त्यसपछि देश जनता सारा भुलेर व्यक्तिगत स्वार्थमा केन्द्रीत हुन्छन । नेताहरुले गरेका गल्ति ढाकछोपका लागि कार्यकर्ताको एउटा पंक्ति सधै उत्रिएको हुन्छ । जसले उनिहरुले यस्ता कामबाट पछाडि हट्नुपर्छ भन्ने सोच नै आउदैन । उनिहरु प्रश्न नगरिनुको परिणाम आम नेपालीले भोगिरहेका छौ । मानिसहरुले आफ्नो आर्दश राजनीतिज्ञ र कुनै राजनीतिक दर्शनलाई अपनाउन सक्छ त्यो स्वाभाविक हो । तर त्यस्तो आर्दश व्यक्तिबाट भएको वेइमानीलाई जानाजान समर्थन गर्ने परिपार्टी पछिल्लो परिवर्तन नै धरापमा पर्ने स्थीतिमा पुगेका छ । आफ्नाले गरेको जे पनि ठिक र अर्कोले गरेको सवै गलत भन्ने मनोवृति बढि रहेको छ । यसले राजनीतिक नेतृत्व र सरकारको नेतृत्व गर्ने सवैलाई आफुले जे गरेपनि हुन्छ भन्ने परिदिएको छ । के हामी कुनै राजनीतिक दलमा छौ भन्दैमा त्यहाँ भित्र सवैका सवै विषयलाई आँखा चिम्लिएर समर्थन गर्नु पर्ने हो ? नेतृत्वले लिएका गतल निर्णयको विरोध गर्न कार्यकर्तालाई बन्देज लगाएकै हो त ? बौद्धिक जमातले समेत आफ्नो विवेकलाई बन्दकी राख्दै दलकै पछुवा हुनुपर्ने बाध्यता नै छ त ? यदि छैन भने हामी किन प्रश्न गर्न सक्दैनौ ? सरकार र प्रतिपक्षी दलका नेता कार्यकर्ता माथि सार्वजकि रुपमा उठाउनुपर्ने प्रश्नमा किन जयजयकार मात्रै गरिन्छ त ? यी र यस्तै प्रश्नको जवाफ खोज्ने प्रयास गरेका छौ ।

الفئة

عرض المزيد

تعليقات - 0