المدة الزمنية 25:7

चाँगे समाज हङकङद्वारा अग्निपीडितलाई राहत वितरण | नयाँ दाेभान बजार | New Dovan Bazar

162 مشاهدة
0
6
تم نشره في 2021/10/17

–प्रयास लिम्बू ताप्लेजुङ, असोज १ । ताप्लेजुङको दोभान बजारका अग्नि पीडितलाई चाँगे समाज हङकङले राहत वितरण गरेको छ । चाँगे समाज हङकङको पहलमा सङ्कलन भएको करिव आठ लाख रुपियाँ पीडित परिवारलाई वितरण गरिएको हो । साढे छ महिना अघि अर्थात गत फागुन १८ गते खाम्लुङको दोभान बजारमा भएको आगलागीबाट पीडित भएका परिवारलाई राहत रकम वितरण गरिएको हो । चाँगे समाज हङकङका नेपाल प्रतिनिधि राजकुमार लिम्बूका अनुसार अग्निपीडित ६२ परिवारलाई सात लाख ८५ हजार ६८० रुपियाँ राहत रकम वितरण गरिएको छ । परिवार सङ्ख्याका आधारमा पीडित परिवारलाई राहत रकम वितरण गरिएको लिम्बूले जानकारी दिनुभयो । चाँगे समाज हङकङले सङ्कलन गरेर पठाएको राहत रकम अग्निपीडितलाई पहिले नै वितरण गर्ने तयारी गरेको भए पनि कोरोना महामारीका कारण ढिलो भएको लिम्बूले बताउनुभयो । हाल कोरोना सङ्क्रमणको अवस्था सामान्य बनेपछि आगलागी स्थल दोभान बजार रहेको स्थानीय तह मेरिङ्देन गाउँपालिकासँग समन्वय गरेर राहत रकम वितरण गरिएको पनि उहाँले बताउनुभयो । मेरिङ्देन गाउँपालिकाका अध्यक्ष गणेशबहादुर चोङ्बाङ सहितका जनप्रतिनिधि लगायतको उपस्थितिमा बुधबार राहत वितरण गरिएको थियो । जिल्लाकै दोस्रो ठूलो ब्यापारिक केन्द्रको रुपमा रहेको दोभान बजारमा भएको आगलागीले ५१ घर जलेर पूर्णरुपमा नष्ट भएको थियो । आगलागीबाट ४० करोड रुपियाँ बढीको क्षति हुन पुगेको थियो ६२ परिवार विस्थापित भएका थिए । https://eujyalopost.com/2021/6040.html We upload almost natural video, no mixing, no editing, but it'll be very meaningful video. "Never forget to subscribe us, once" Thanks.We upload almost natural video, no mixing, no editing, but it'll be very meaningful video. "Never forget to subscribe us, once" Thanks.

الفئة

عرض المزيد

تعليقات - 1