المدة الزمنية 18:47

कुखुराको चल्ला कसरी हुर्काउने कुखुरा पालनमा सबै भन्दा महत्वपूर्ण जानकारी//madi turkey farm

13 810 مشاهدة
0
545
تم نشره في 2020/09/11

#चल्ला_हुर्काउने_तरिका लागि खोरको ओस सोस्ने र कुखुरालाई आराम दिने खालको सोत्तर प्रयोग गर्नुपर्छ । सोत्तरका रूपमा काठको धूलो, धानको भूस, बदामको बोक्रा, छिमलेको घाँसका टुक्रा आदि प्रयोग गर्न सकिन्छ । खोरको भुइँमा कम्तीमा २ इञ्च बाक्लो सोत्तर राख्नुपर्छ र त्यसलाई पाँच पत्र न्यूज प्रिण्ट पेपरले छोप्नु उचित हुन्छ । ब्रुडरलाई खोरको मध्यभागमा राखी यसलाई १ फीट अग्लो चल्ला रक्षा घेराले बार्नुपर्छ । ब्रुडर र चल्ला रक्षा घेराबीचको दूरी २ फीट हुनुपर्छ । ब्रुडरमा आवश्यकताअनुसार ४० देखि सय वाटसम्मका बिजुलीका बल्ब चल्ला ब्रुडरमा राम्ररी विचरण गर्न सक्ने गरी राख्नु उपयुक्त हुन्छ । खोरमा चल्ला भित्र्याउनुभन्दा २४ घण्टाअगाडि ब्रुडरको बत्ती बाली खोरको तापक्रम ९०—९५ डिग्री फरेनहाइट राख्नुपर्छ । हावाहुरीको समस्या भए झ्यालढोकामा जुटको बोरा वा पोलिथिनको पर्दा प्रयोग गर्नुपर्छ । तर, खोरको माथिल्लो तहको हावा निकास हुने ठाउँ भने खुला राख्न जरुरी छ । यसो गर्दा खोरमा जम्मा भएको अमोनिया, कार्बनडाइअक्साइडजस्तो हानिकारक ग्यास बाहिर जान्छ र सोत्तर पनि सुक्खा रहन मद्दत पुग्छ । ब्रुडरको चारैतिर प्रति २ सय ५० चल्लाका लागि ६ ओटा पानीको भाँडा चाहिन्छ । त्यो पानीमा भिटामिन ए, सी, इलेक्ट्रोलाईट र सहजैविक तत्वको मिश्रण आवश्यक हुन्छ । शुरूका दुई दिन १ सय चल्लाका लागि ५ सय ग्राम दाना दिने। तीन हप्तापछि ब्रुडर घरमा चल्ला रक्षक बार हटाए हुन्छ । चल्ला खरीद गर्दा जाडो सयममा दिउँसो र गर्मी समयमा बिहान अथवा बेलुका गर्नु राम्रो हुन्छ । तपाईँकहाँ चल्ला आइपुगेपछि चल्लालाई एकएक गरी ब्रुडरमा राख्नुपर्छ । यसो गर्दा लुलालङ्गडा, ख्याउटे, झोक्राएका चल्ला भेटिए छुट्टयाएर आपूर्तिकर्तालाई नै फिर्ता गर्नुपर्छ । चल्ला खरीद गर्दा सधैं भरपर्दो अनि तपाईँको गुनासो सुन्न सक्ने ह्याचरी तथा आपूर्तिकर्तासँग लिनु बुद्धिमानी हुन्छ ।

الفئة

عرض المزيد

تعليقات - 65