المدة الزمنية 5:1

टाँडी चोकमा निर्माणाधीन आकाशेपुल स्थानीयले रोके, काम ठप्प

بواسطة Pranish Thapa
49 مشاهدة
0
0
تم نشره في 2020/06/03

पूर्वी चितवनको रत्ननगर नगरपालिकाले पूर्व पश्चिम राजमार्ग अन्तर्गत टाँडी चोकका स्थानीयले निर्माणाधीन आकाशे पुलको निर्माणकार्य रोकेका छन् । स्थानीयको अवरोध पछि सोमबार रातीदेखी नै आकाशे पुलको निर्माणकार्य अनिश्चितकालका लागी स्थगित भएको छ । बर्खाको समयमा काम सुरु गर्दा पहिरो जान सक्ने खतरा भएको भन्दै स्थानीयले तत्कालका लागी आकाशे पुलको निर्माणकार्यलाई रोकेका हुन् । चितवनमा केही दिनदेखि लगातार परेको पानीले जनधनको क्षति हुन सक्ने भन्दै तत्कालका लागी काम रोकेका हुन् । बजेट सक्न चटारो भएको नगरपालिकाले अन्तिम घडीमा आएर काम थालेको भन्दै स्थानीयले नगर प्रमुख मेयर नारायण वन समक्ष आक्रोश पोखेका थिए ।  यता, नगरपालिकाले भने गत फागुन महिनामा सम्झौत गरिएको सो आकाशे पुलको लकडाउनको मौका छोपेर निर्माण कार्य सुरु गरिएको दाबी गर्दै आएको छ । झन्डै २ करोड ४२ लाख ४ हजार ५३३ रुपैयाँको लगानीमा निर्माण सम्पन्न हुने लक्ष्यका साथ निर्माणाधीन सो आकाशे पुलको नगर प्रमुख नारायण वन र उपप्रमुख विमला दुवाडीले संयुक्त रुपमा शिलान्यास गरेका थिए । प्रदेश सरकारको एक करोड र नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको एक करोड ४२ लाखको लगानीमा आकाशे पुल निर्माण हुने लक्ष्य लिइएको इन्जिनियर पंकज गिरीले जानकारी दिए । सरकारले आन्तरिक जनशक्ति र श्रोतको परिचालन गरी निर्माणको काम गर्न दिने घोषणा गरेपछि सो नगरपालिकाले आकाशे पुल निर्माण सुरु गरेको थियो । नगरपालिकाले आकाशे पुल निर्माण हुने स्थान वरपर बिजुलीको तार भूमिगत गर्ने छ । त्यसका लागि ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । आकाशे पुल निर्माणको लागि भरतपुरस्थित हिम सगरमाथा कन्स्ट्रक्सन प्रा.लि.ले ठेक्का पारेको छ । सो नगरपालिकाले टाँडीचोक, सौराहाचोक र बकुलहर चोका आकाशे पुल निर्माण गर्ने योजना बनाएको छ । अर्को वर्ष सौराहा चोकमा आकाशे पुल निर्माण सुरु हुने छ ।

الفئة

الكلمات

عرض المزيد

تعليقات - 0