المدة الزمنية 50:30

PRIME TIME NEWS 8 PM_2078_03_11 - NEWS24 TV

بواسطة News24 Nepal
14 426 مشاهدة
0
398
تم نشره في 2021/06/25

आसन्न १४ औं महाधिवेशसनले नेपाली कांग्रेसले कस्तो नेतृत्व चयन गर्छ धेरैको चासो बढेको छ । नेतृत्व लिनको लागि केहि नेताहरु अगाडी पनि सरेका छन । तर, लामो समय मूल नेतृत्व हाँकेका देउवा र पौडेल नै उनीहरूका लागि मूल चुनौती बन्ने पक्का छ । साथै नेतृत्वका अकांक्षीहरुले लिने अडानले पनि नेपाली काँग्रेसको आगामी दिशा निर्देश गर्नेछ । प्रतिनिधि सभा विघटन विरुद्धको मुद्यामा अदालतमा बहस चल्दै गर्दा बाहिर केपी शर्मा ओली र विपक्षी बिच आरोप प्रत्यारोपको दोहोरी पनि चल्दै छ । ओलीले मौका पाउना साथ आफ्नो कदमको बचाउ गर्दै विपक्षी माथी खनिरहेका छन । प्रतिनिधि सभा विघटन विरुद्धको फैसलाको लागि भने अझ केहि समय पर्खिनु पर्ने छ । गाउँगाउँमा सिंहदरबारको अधिकार स्थापना गराउने नारा बोकेर स्थापित स्थानिय तहमा भन्ने भ्रष्टाचार मौलाएको तथ्य त बेला बेलामा बाहिर आउने गर्दथ्योनै । हुँदाहुँदा कतिपय स्थानिय तहले बजेट समेत ल्याउन नसकदा स्थानिय तह प्रति जनताको नैराश्यता बढदै गएको छ । यो सँगै स्पोर्टस र इन्टरनेश्नल न्युज पनि आजको बुलेटिनमा प्राथमिकताका साथ समेटेका छौँ । प्राइमटाइम न्यूजका हेड्लाइन्स १. प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा सुनवाइ निरन्तर, राष्ट्रपति भण्डारीमाथि महाभियोग लगाउन सकिने कानुन व्यवसायीहरूको दाबी । २. नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा नेतृत्वका आकांक्षीहरू सक्रिय, कोइराला—निधि र सिंह छलफलमा, पौडेलले पनि गरे गुट भेला । ३. पूर्वप्रधानमन्त्रीहरुले विदेशी हस्तक्षेपलाई खुलेआम आमन्त्रण गरेको प्रधानमन्त्री ओलीको आरोप, राष्ट्रपतिलाई चिथोर्ने प्रतिष्पर्धा चलेको भन्दै आक्रोश व्यक्त । ४. नेपाली भूमि भएर बग्ने गण्डक नहर भारतीय हितमा बढी प्रयोग, नेपालको हजारौ विगाहा भूमी बर्खा लागेसँगै सँधै डुबानमा । ५.र. देशभरका दश प्रतिशत स्थानीयतहले बजेट ल्याउन सकेनन्, स्थानीय तहमा राजनीतिक विवाद र आन्तरिक मनमुटावले बजेट संकटमा । SUBSCRIBE: /user/news24tvchannel https://www.instagram.com/nbcnepal/ https://www.tiktok.com/@ news24np?lang=en WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PrimeTimeNews

الفئة

عرض المزيد

تعليقات - 11