المدة الزمنية 51:17

साझा सवाल अंक २८५ : कतारमा नेपाली कामदार - २ । कतार ।

بواسطة Sajha Sawal
400 872 مشاهدة
0
3.5 K
تم نشره في 2013/04/28

आजको साझा सवालमा हामी कतारमा काम गरिरहेका नेपालीहरूको दुःखका बारेका कुरा गर्नेछौं । कतारको राजधानी दोहा जति भव्य बन्दैछ, शहरमा काम गर्ने नेपाली कामदारको दुःख र समस्या त्यत्तिकै कठोर छ । यी ठूला घरहरूको पछाडिको साघुँरा गल्ली र होचा घरहरूमा महिनौं देखि कामको ज्याला नपाएका र विरामीले थलिएर उपचार नपाएका नेपालीहरू बस्छन् । काम गर्ने रोजगारदाता कम्पनीले तोकिदिएको यो बस्ने ठाउँ अर्थात् 'क्याम्प' मा बस्ने नेपालीहरूको जीवन र कष्ट यो साझा सवालमा समेटिएको छ । यससँगै कतारको राजधानी दोहामा रहेको नेपाली दूतावासमा 'सेल्टर' लिइरहेका नेपालीहरू र कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्माको कुरा पनि यो भागमा समेटिएको छ । त्योबाहेक दोहाभन्दा टाढा मरूभूमि 'मजरा' मा खेतीपाती गर्ने नेपालीहरूको कथा र व्यथा पनि उत्तिकै दर्दनाक छन् ।

الفئة

عرض المزيد

تعليقات - 374