المدة الزمنية 9:10

बाढीकाे प्रकाेप, बन्दै गरेका र बनिसकेका ठुला घर पनि डुबे | Flood at Kamalpokhari Lake, Pokhara | Nepal

بواسطة Main Media
22 455 مشاهدة
0
190
تم نشره في 2020/07/10

अत्याधिक बर्षाका कारण पानीकाे वहाव बढेपछि पाेखरा १३ कमलपाेखरी ताल नजिककाे बस्ती डुवानमा परेकाे छ। डुवानका कारण बस्तीमा रहेका करिब २० वटा घर प्रभावित भएका छन्। बस्ती डुवानमा पर्दा मानिसहरु घरबाट निस्कन सकेका छैनन्।सबैजसाे घरकाे भुँई तलामा बाढी पसेकाे छ। विभिन्न स्थानबाट अाएकाे भेल र बर्षाका कारण फुटेका मुलहरु एकत्रित भएर कमलपाेखरीमा झरेपछि पानीकाे वहाव बढेकाे पाेखरा महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष दर्शन लामाले जानकारी दिए। जमिनकाे सतह हाेचाे भएकाे र कमलपाेखरी तालबाट निस्कने पानीकाे निकास पनि नभएकाेले वस्ती डुवानमा परेकाे उनले बताए। पछिल्लाे समय याे क्षेत्रमा अावासीय घरहरुकाे निर्माण तिव्र छ। र, घरहरु निर्माण बढेसँगै जाेखिम झन् बढेकाे छ। त्यसाे त यहाँ यसअघिका बर्षहरुमा पनि बर्षातकाे समयमा बाढी थुनिएर ताल पर्ने गरेकाे स्थानिय बताउँछन्। यद्यपि याे पटक पानी धेरै थुप्रिएकाे र बढि प्रभावित बनाएकाे स्थानियकाे भनाई छ।

الفئة

عرض المزيد

تعليقات - 9