المدة الزمنية 59:26

उजेली : 10 वर्षको उमेरमा बिवाह भएकि बालिकाको कथा | Unicef Nepal

بواسطة GK IQ Loksewa Plus
413 مشاهدة
0
15
تم نشره في 2020/05/11

UNICEF ले करीव तीस वर्ष अघि बनाएको टेलिचलचित्र 'उजेली' हेर्नु भएको छ ? बाल्यावस्थामै विवाह भइ चिकित्सकले चेतावनी दिँदा दिँदै आमा बनेकी १० वर्षीय उजेलीको कथा समेटिएको टेलिचलचित्र 'उजेली' हेर्नुहोस् । सन् १९९२ मा युनिसेफले बालविवाहको विरूद्धमा चेतना फैलाउन र कम उमेरमै विवाह गर्दा महिलाको जीवनमा पर्ने दुष्परिणामको बारेमा जानकारी दिन 'उजेली' निर्माण गरेको थियो । विभिन्न अवार्ड प्राप्त गरेको यो टेलिचलचित्र संसारभरका २० वटाभन्दा धेरै टेलिभिजन च्यानलहरूबाट प्रसारण भएको थियो । नेपाल अझै पनि बालविवाह उच्च भएका एसियाली देशहरूमध्ये शीर्ष स्थानमा पर्दछ । महिला र पुरूष दुबैका लागि विवाह गर्ने कानूनी उमेर २० वर्ष भएपनि २० देखि २४ वर्षका महिलाहरूमध्ये एक तिहाइभन्दा धेरैले आफ्नो विवाह १८ वर्षभन्दा कम उमेरमा र १० मध्ये एक महिलाले विवाह १५ वर्षको उमेर नपुग्दै भएको बताउँछन् । unicef nepal , unicef Ujeli : A Child Bride in Nepal 1992 ( उजेली ) Video Source ( श्रोत ) : UNICEF NEPAL

الفئة

عرض المزيد

تعليقات - 2