المدة الزمنية 3:12

के हो पाइल्स, फिस्टुला र फिसर र कसरी जोगिने . के तपाईंलाई पनि त छैन। लापरबाही नगर्नुस । pails case

بواسطة Extra Nepal
500 مشاهدة
0
13
تم نشره في 2020/02/06

के हो पाइल्स, फिस्टुला र फिसर र कसरी जोगिने . के तपाईंलाई पनि त छैन। लापरबाही नगर्नुस ? = मानव शरीरमा हुने विभिन्न प्रकारको रोगहरूमध्ये पाईल्स, फिस्टुला र फिसर पनि एक प्रकारको असहनीय रोग हो । यो रोग लागेको मानिसहरूलाई दिशा बस्दा पोल्ने, दुख्ने, चिलाउने, रगत जाने, दिशा गर्दा मासु बाहिर आउने, यी सबै लक्षणहरू भएका मानिसहरूलाई बढी पीडादायक हुन्छ । कसैकसैलाई मलद्वारको वरिपरि हुने रगतको नशा नै फुटेर अत्याधिक रक्तस्राव हुने गर्दछ । समयमै उपचार गरेन भने झन बिग्रिएर घाउमा क्यान्सर भएर मानिसको मृत्यु समेत हुने गर्दछ । तर यो रोग थाहा हुँदाहुँदै पनि गाउँघरका मानिसहरू लाज लागेर डाक्टरसँग देखाउन मान्दैनन्। त्यही रोग पछि बढेर जब च्याप्न थालेपछि मात्र चेकजाँच गराउन आउँछन् । पुरै रोग प्रभावित भएपछि निको हुन धेरै अप्ठ्यारो हुन्छ । त्यसैले समयमा नै आएर उपचार गराइयो भने यो रोग पूर्ण रुपले निको हुन्छ । यो रोगको बारेमा भन्ने हो भने खानपान कारणले पनि हुन्छ । पाईल्स रोग भनेको चार चरणमा हुन्छ । पहिलो दोस्रो चरणमा औषधीद्वारा निको हुन्छ र तेस्रो तथा चौथो चरणमा हुँदा अप्रेशन (शल्यक्रिया) गर्नुपर्ने हुन्छ । हाम्रो आयुर्वेद पद्दतिबाट क्षर सुत्र प्रयोग गरि यसको अप्रेशन गरिन्छ । एकचोटी क्षार सुत्रबाट अप्रेशन गरिसकेपछि फेरि मासु पलाउने डर हुँदैन । पाइल्स रगत जाने र नजाने गरी दुई प्रकारको हुन्छ । साथै दोषनुसार छ। प्रकारको हुन्छ । (१) वातज, (२) पित्तज, (३) कफज, (४) सन्निपातज, (५)रक्तार्श र (६) सहजार्श । पाइल्स गुदा मार्गको साथै पाइल्स मेद (शिश्नमणि), योनी, आन्त्र, श्रोत्र, आँखा, नाशा, मुख, कण्ठ, ओठ, तालु आदि स्थानमा हुन्छ । फिस्टुला विविध दोष प्रकोपक आहारद्वारा दोषहरू प्रकुपित भएर रक्त र मांसलाई विकृत गरि गुद प्रवेशमा पिडका उत्पन्न हुन्छ, त्यो पिडिका पाकेर बिग्रिन्छ र नाडी ब्रण बनेर बाटो बनाउँछ र मग प्रदेश वस्ति आदिलाई प्रभावित गर्दछ । यस प्रकारको भग प्रदेशमा ब्रण (घाउ) गरेर प्वाल पनी पार्ने भएको हुँदा यसलाई भगन्दर भनिन्छ । यो भगन्दर स्वरुपको आकार ५ प्रकारको हुन्छ । साथै बाहिर मुख भएको पराचिन र भित्र मुख भएको अर्वाचिन गरि दुई प्रकारको हुन्छ । फिसर, परिकर्तिका कुनै ब्यक्तिमा मलत्याग गर्नुभन्दा पहिले वा पछिबाट रगत आउने साथै वस्ति, गुदद्वार र लिङ्गमा कुनै हतियारले काटेजस्तो तीब्र बेदना भएमा त्यस प्रकारको रोगलाई परिकर्तिका भनिन्छ । यो गुदनलीमा हुने लामो आकारको व्रणबाट उत्पन्न हुने रोग हो । यो व्रण पुरुषहरूमा प्रायः गुदद्वारको तलतिरको भाग ट युअयिअप उयकष्तष्यल र महिलाहरूमा ४०% माथिल्लो भागमा ज्ञद्द युअयिअप उयकष्तष्यल मा हुन्छ । कारणः पाइल्स, फिस्टुला र परिकर्तिका रोग खास गरेर अनियमित आहार–बिहार, मलावरोधको कारणले हुन्छ । साथै पेटको गड्बडीले गर्दा ग्याष्ट्रिक हुने र ग्याष्ट्रिकको कारणले पनि यो रोगहरू हुन्छ । आधारणीय वेग मल (दिशा)को वेग रोक्नाले पनि हुन्छ । उपचारः समयमै उपचार गराउने हो भने यो रोग निको हुन्छ । खानपानमा ध्यान दिनुपर्दछ । Like us in FB: http://facebook.com/extraanepal/ For Business Inquiries: extranepal.com@gmail.com Embedding on websites are allowed. © All Rights Reserved. #extranepal

الفئة

الكلمات

عرض المزيد

تعليقات - 0