المدة الزمنية 4:3

दुर्गेश थापा फेरि विवादमा | | बीच्च बीच्चमा ४ - सिरिजको ख्यास्स पुतली’ शब्द प्रती प्रतिष्ठानको आपत्ति

بواسطة VIEW NEPAL TV
271 مشاهدة
0
11
تم نشره في 2021/08/01

#ViewNepalTv#DurgeshThapa#TeejGeet#Kanda# गायक दुर्गेश थापाको नयाँ गीत ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ विवादमा तानिएको छ । गीतले तीजको मर्म विपरीत रहेको र कला संस्कृतिमाथि प्रहार गरिएको टीका टिप्पणी गरिएको छ । विगतमा पनि दुर्गेशको गीत विवादमा तानिने गरेको थियो । ‘बीच्च बीच्चमा’को चौथो सिरिजको रुपमा दुर्गेशले केही दिन अगाडि बजारमा ल्याएको यो गीतप्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले समेत आपत्ति जनाएको छ । केही महिना अगाडि तीज गीतमा भद्दा शब्द प्रयोग नगर्न अनुरोधसमेत गरेको आफ्नो अनुरोधको बेवास्ता गर्दै दुर्गेशले गीत ल्याएको भन्दै आपत्ति जनाएको हो । दुर्गेशले गीत सार्वजनिक गर्नु अगाडि प्रतिष्ठानअन्तर्गत गठित विकृति विसंगति न्यूनीकरण समितिले गीतमा प्रयोग भएको शब्द ‘ख्यास्स पुतली’ हटाउन दुर्गेशलाई ध्यानाकर्षण पत्रसमेत काटेको थियो । पैसा र चर्चाभन्दा कलाकारितामा नैतिकता र इमान्दारिता महत्वपूर्ण हुने प्रतिष्ठानले दुर्गेशलाई भनेको थियो । तर, दुर्गेशले उक्त शब्द नहटाइ गीत बाहिर ल्याएका छन् ।

الفئة

عرض المزيد

تعليقات - 4