المدة الزمنية 7:26

रचन कार्कीलाई प्रदेश क्षेत्रिय सभापतिमा भोट किन हाल्ने चितवन क्षेत्र नं २ (ख) नेपाली कांग्रेस

بواسطة Worldwide
178 مشاهدة
0
4
تم نشره في 2021/11/05

नेपाली काङ्ग्रेसको चौधौ महाधिवेशनमा चितवन क्षेत्र नं. २ (ख) को  सभापति पदमा मैले उम्मेदवारी प्रस्तुत गरेको छु । गौरवशाली ईतिहास तथा आम नेपाली जनताको आस्था एवं भरोसाको केन्द्र नेपाली काङ्ग्रेस भित्र आपसी सद्भाव, सहिष्णुता, एकता तथा अग्रजहरू प्रति सम्मान र आम कार्यकर्ता साथीभाइहरूको उच्च मनोवल राख्ने कार्यमा निरन्तर लागिरहने छु ! यहाँहरूको सहयोग, सद्भाव, र अमूल्य मतको लागि विनम्र  अनुरोध गर्दछु । जय नेपाल ! प्रदेश सभा क्षेत्रिय समिति निर्वाचन क्षेत्र नं २ (ख) चितवन जिल्ला बागमती प्रदेश [भरतपुर महानगरका वडा हरू:- २,४,५,७,१०,११,१२] प्रदेश सभा चितवन क्षेत्र नं २ ख मा पर्ने ७ वटा वडाबाट नेपाली कांग्रेसको टिकट पाउने उम्मेदवारलाई जिताउनको लागि सम्पुर्ण कृयाशिल साथिहरुलाई आधुनिक प्रविधिबाट उच्च प्रशिक्षण तालिम साथसाथै चुस्त दुरुस्त बनाउनको निम्ति मनोबल बढाउने किसिमको प्रोत्साहन कार्यक्रम गराई मतदाता नामावलिमा थप्नुपर्ने घटाउनु पर्ने वा विदेशमा रहेकाहरुलाई मतदान गर्न आउनको निम्ति वातावरण मिलाईदिने लगायत कसैले फर्जी मत नखसालुन भनेर कडा निगरानि लगायत यस्तै तालिम हरु प्रदान गर्ने।   नँया मतदाताहरुलाई आकर्षण गर्ने खालको कार्यक्रमहरु र बसाई सराई गरि आउनु भएको मतदाताहरुलाई सहजिकरणको व्यवस्थापन साथसाथै सम्पुर्ण नेपाली कांग्रेसको साधारण सदस्य र कृयासिलहरुलाई एकत्रित गराउनको निम्ति हाम्रो शुभेच्छुक वा भातृ संस्थाहरुमा योग्यता र सक्षमता हेरि आवद्ध गराउदै लैजाने जसबाट नेपाली कांग्रेसको कुनै कार्यक्रमको आयोजना गर्दा सबै जातजाति,धर्म,पेशा,वर्ग आदि बाट समावेशी हुनाले कार्यक्रम सफल बनाउन मद्दत पुग्नेछ। नेपाली कांग्रेस पार्टिबाट टिकट पाएका उम्मेदवारहरुलाई नेपाली कांग्रेसको सदस्यहरुको भोटले मात्र नभई सम्पुर्ण वडावासीहरुको मत आवस्यक भएकोले हाम्रो मुल नारा,घोषणापत्र हरु सबैले बुझ्ने र बुझाउन सक्ने  किसिमको बनाउन र प्रचार गर्न गराउन सबैलाई चाहिने सहयोग गर्ने। हिजो हाम्रा पुराना पुस्ता नेपाली कांग्रेस थिए तर आज उनिहरुका छोरा नाति नँया पार्टि खोज्दै भौतारिरहेका छन त्यसैले उनिहरुलाई स-सम्मान आफ्नै पुरानो तर आधूनिक व्यवस्था सहितको घरमा स्वागत गर्ने गराउने वातावरण तयार गर्ने। सामाजिक सन्तुलन एकदमै आवस्यक भएकाले हाम्रो नेता कार्यकर्ताहरुलाई अनुशासन शिष्टता सभ्य भाषा मीठो बोली सानालाई माया र अग्रजहरुलाई सम्मान गर्ने गराउने बानि बसाल्ने जसकारण नँया आउने पुस्ताहरुले नेपाली संस्कार नबिर्सिउन  र पक्ष र विपक्ष भन्ने सोच हटेर स्वच्छ प्रतिस्पर्धी मात्र रहुन।

الفئة

عرض المزيد

تعليقات - 0