المدة الزمنية 1:28

मुग्लिन बजार चोकमा नेपालको झण्डा राखियो । Mugling Bazar

بواسطة Binod Shrestha
1 147 مشاهدة
0
13
تم نشره في 2021/05/11

मुग्लिनका युवाहरुको सक्रियतामा मुग्लिन चोकमा आज नेपालको झण्डा राखिको छ । स्थानीय युवा रवि कुमार थापाको सहयोगमा मुग्लिन चोक र मुग्लिन माथि रहेको गुम्बामा झण्डा राखेको मुग्लिन युवा मञ्चका अध्यक्ष विकास बस्नेतले जानकारी दिनुभयो । त्यस्तै भोली त्रिवेणी बराह माध्यमिक विद्यालय पनि झण्डा राखिने उहाँले बताउनुभयो । मुग्लिन युवा मञ्चले गरिब, असाय र आर्थिक अभावका कारण उपचार गर्न नसेकाहरुलाई आर्थिक सहयोग गर्दै आउनुका साथै बजारलाई स्वच्छ र सुन्दर बनाउन विभिन्न सरसफाइका कार्यक्रमहरु गर्दै आएको मञ्चका सचिव सनम पन्तले बताउनुभयो । मुग्लिन र आसपासका क्षेत्रहरुमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको पहिचान गरी त्यसको संरक्षण र प्रवर्दन गरिने बताउनुहुदै मुग्लिन बौद्ध गुम्बा क्षेत्रमा पिङ्ग राख्ने तयारी भएको स्थानीय युवा रवि थापाले बताउनुभयो । त्यस्तै उहाँले मुग्लिनको पुरानो पुलमा तारजाली लगाउन र रंगरोगन गर्नको लागि आँबुखैरेनी गाउँपालिका र इच्छाकामना गाउपालिकासंग पहल भइरहेको बताउनुभयो । #Mugling #Drone Mugling -~-~~-~~~-~~-~- Please watch: "(3775) ने.क.पा. एमाले, इच्छाकामना गा.पा.को उपाध्यक्ष पदमा उम्मेद्वारी दिनुभएका माया सिलवाल संगको कुराकानी " /watch/EGbyXjvv9wtvy -~-~~-~~~-~~-~-

الفئة

عرض المزيد

تعليقات - 1